यातायात क्षेत्रको सिण्डिकेट तोड्न सांसदहरूको माग

काठामाडौं–भदौं १ । सांसदहरूले यातायात क्षेत्रमा व्याप्त रहेको सिण्डिकेट तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

samsad baithakसोमबार काभ्रे सडक दुर्घटनामा सिण्डिकेटकै कारण २८ जनाले ज्यान गुमाउनु परेको भन्दै तत्काल खारेज गर्ने प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका हुन् । बुधबारको सांसद बैठकमा बोल्ने अधिकांश सांसदहरुले लामो दुरिका यातायातमा आलोपालो प्रणालीकै कारण सिमित गाडि चल्दा यात्रुले कोचाकोच भएपनि यात्रा गर्नै पर्ने बाध्यता भएको बताएका हुन् ।

बाध्यताको यात्राले दुर्घटना बढाएको भन्दै तत्काल कारबाही र यातायात क्षेत्रमा व्याप्त सिण्डिकेट तोड्न सरकार गम्भिर बन्नुपर्ने माग सांसदहरुको थियो ।

तपाईको प्रतिक्रिया