इम्वोस्ड नम्वर प्लेटको तयारी

काठमाडौं–भदौ १ । यातायात व्यवस्था विभागले देशभरका सवारी साधनमा आधुनिक प्रविधियुक्त इम्वोस्ड नम्बर प्लेट अनिवार्य गर्ने गृहकार्य थालेको छ ।

numbar plate newविभागले आधुनिकताको प्रयोग थालेपनि यसबारे पर्याप्त जानकारी नहुँदा सवारी धनीले नम्बर प्लेट फेर्ने बहानामा हैरानी दिल खोजेको आरोप लगाएका छन् । देशभरका सवारी साधनमा अन्तर्रााष्ट्रय मापदण्ड अनुसारको उच्च सुरक्षा र प्रविधियुक्त (इम्बोस्ड) नम्बर प्लेट लागू गर्ने भन्दै यातायात व्यवस्था विभागले  काम थालेको हो । यातायात व्यवस्था विभागले आधुनिक डिजिटल प्रविधिको मेसिन रिडेवल इम्वोस नम्वर प्लेट जारी गरेपछि ट्राफिक नियमनमा सहज हुने दावी गरेपनि सवारी धनिले भने हैरानी थपिएको भन्दै बिरोध जनाउन थालेका छन् ।

yatayat vidसुचना प्रविधिको भरपुर उपयोग आफैमा नराम्रो होइन, एउटा नीति र प्रक्रियाले पूर्णता नपाउँदै फेरि अर्को प्रक्रिया अपनाउने विभाग र सरकारको अदुरदर्शी नीतिले सवारी धनीलाई हैरानी दिनुहुन्न । यातायात व्यवस्था विभागको कार्यालयमा सामान्य सेवा लिन घण्टौं लाइन लाग्नु पर्ने बाध्यताकाबीच यो सेवा कति प्रभावकारी होला प्रश्न उब्जिएको छ ।

सवारी नम्बर प्लेट मात्र आधुनिक प्रविधियुक्त भएर मात्रै हुँदैन,  प्रभावकारी कार्यान्वयनका लागि चाहिने सबैखाले पूर्वाधारहरु चुस्त र दुरुस्त बनाउनु अहिलेको आवश्यकता हो ।

तपाईको प्रतिक्रिया