म्याग्दीमा नेपालकै लामो झोलुङ्गे पुल बन्दै

म्याग्दी–साउन ३२ । म्याग्दीको बेगखोलामा नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

mygdi poolकरिब तीन करोड २२ लाखको लागतमा ३ सय ६५ दशमलग ८ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको हो । म्याग्दीका स्थानीय विकास अधिकारी चिरञ्जिवी पौडेलले पुलको शिलान्यास गर्नुभएको छ । बेगखोला ५ र ७ नम्बर वडामा पर्ने बादुक गाउँ जोड्ने यो पुल नेपालकै लामो हुने जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियरको दाबी रहेको छ ।

बाग्लुङको काठेखोला माथि निर्माण भएको ३ सय ५९ मिटर लामो पुललाई अहिलेसम्म नेपालको लामो पुल मानिन्छ ।

तपाईको प्रतिक्रिया