काभ्रे दुर्घटना : २७ को सनाखत, यात्रुको संख्या एकिन भएन

काभ्रे–साउन ३२ । काभ्रेको बिर्तादेउराली–खहरेखोलामा सोमवार भएको बस दुर्घटनाबाट ज्यान गुमाएका २८ मध्ये २७ जनाको सनाखत भएको छ ।

kavre bus accident३५ वर्षका कृष्णहरी पाण्डेको शव भेटिएपछि ज्यान गुमाउनेको संख्या २८ पुगेको थियो । पाण्डेको ठेगाना खुल्न बाँकी छ । बसमा क्षमताभन्दा बढी यात्रु राखिएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा परि ४० भन्दा बढी घाइते भएका छन् । उनीहरूको काठमाडौं र धुलिखेलमा उपचार भइरहेको छ । साघुँरो बाटो र बसमा क्षमता भन्दा बढी यात्रु भएका कारण दुर्घटना भएको बताइएपनि आधिकारिक कारण खुल्न सकेको छैन ।

अझसम्म बसमा कति यात्रु सवार थिए भन्ने एकिन हुँन सकेको छैन । सोमबार काठमाडौंबाट काभ्रेको कोशीपारीका लागि छुटेको बा. ३ ख १ सय ६ नम्बरको बस दुर्घटना हुँदा २७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्युभएको थियो ।

Published On:  305पटक हेरिएको

तपाईको प्रतिक्रिया