सिंघानियाँ हत्याका योजनाकार यादवलाई थुनामा राख्ने आदेश

धनुुषा–साउन ३२ । सञ्चार उद्यमी अरुण सिंघानियाँ हत्या प्रकरणका प्रमुख योजनाकार मध्येका एक रामविनोद यादवलाई धनुषा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

yadab singahiniyaमंगलबार जिल्ला प्रहरी कार्यालयमा राखेर बुधबार बिहान यादवलाई जलेश्वर कारागार चलान गरिने भएको छ । जिल्ला अदालतमा उपस्थित भएका यादवको बयान र वादी, प्रतिवादीको बहसपछि न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजलासले पुपक्र्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो । २०६६ फाल्गुन १७ गते जनकपुर टुडेका तत्कालीन प्रकाशक अरुण सिंघानियाँको जनकपुरको शिवचोकमा गोली हानी हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मनक लामा र अन्सी राईनले बयानका क्रममा रामविनोदको संलग्नता खुलाशा गरेका थिए ।

Published On:  328पटक हेरिएको

तपाईको प्रतिक्रिया