काठमाडौं–साउन ३२ । राष्ट्रिय अपाङ्ग कोषका कर्मचारीहरूले कोषको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
कोषका सभापति गोपालबहादुर भण्डारी र सदस्य सचिव यमनाथ मैनालीको मिलेमतोमा नियमविपरीत करारमा रहेका कर्मचारीहरू हटाएको विरोधमा कर्मचारीले अनिश्चितकालीन तालाबन्दी गरेका हुन् ।
कोषका करार कर्मचारीलाई निकाल्न नपाइने, करार कर्मचारीलाई श्रेणी तोकेर अस्थायी गर्नुपर्ने, कोषको रकम मनोमानी ढंगले संचालन गर्न नहुँने लगायतका ९ बुँदे माग राखरेर तालाबन्दी गरिएको असन्तुष्ट कर्मचारीले जानकारी दिएका छन् ।