शैक्षिक हड्तालबाट देशभरका शिक्षण संस्था प्रभावित

काठमाडौं–साउन ३२ । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आह्वान गरेको दुई दिने हड्तालका कारण देशभरका शिक्षण संस्था प्रभावित बनेका छन् ।

फाइल फोटो
फाइल फोटो

क्रान्तिकारीले सोमबार र मंगलबार निजी स्कूल तथा कलेज बन्द गरेपछि देशभरको पठनपाठन प्रभावित बनेको हो । चर्को शूल्क खारेज गर्नुपर्ने, पूँजी र विद्यार्थी पलायन रोक्नुपर्ने, यातायात, स्वास्थ्य, मनोरञ्जनका क्षेत्रमा विद्यार्थीलाई ५० प्रतिशत छुट दिनुपर्ने र २० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने माग राख्दै अखिल क्रान्तिकारीले शैक्षिक हड्तालको आह्वान गरेको हो । माग पूरा नभए अनिश्चितकालीन हड्तालमा उत्रिने चेतावनीसमेत क्रान्तिकारीले दिएको छ ।

बन्दमा विद्यालय खोलेको भन्दै अखिल क्रान्तिकारीले काठमाडौंका तीनवटा कलेजमा तोडफोड गरेको छ । क्रान्तिकारीका महासचिव दीपेन्द्र चलाउनेले काठमाडौंको मेडेल नर्सिङ, शंकरापुर एकेडेमी र एसएमएस कलेजले बन्दको अवज्ञा गरेपछि कारबाही गरिएको बताएका छन् ।

तपाईको प्रतिक्रिया