स्याङजा–साउन ३२ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ग्रामिण क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजा फडानी नष्ट गर्ने अभियान चलाएको छ ।
ग्रामिण क्षेत्रबाट गाँजा ओसारपसार हुने भएको थाहा पाएपछि प्रहरीले गाँजा फँडानीलाई तिब्रता दिएको हो ।चार नगरपालिका र ५३ गाविस रहेको स्याङ्जामा मातहतका प्रहरी चौकी मार्फत गाँजा फँडानीलाई तीव्रता दिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरिक्षक उत्तमप्रकाश वरालको टोलीले वालिङ नगरपालिका र आसपासका गाविसहरुमा गाजा फडानी गरेको छ ।