बसको ठक्करबाट तनहुँमा एकको मृत्यु

तनहुँ –साउन ३२ । तनहुँको शुक्लागण्डकी नगरपालिका–शेराटारमा बसले र स्कुटीलाई ठक्कर दिँदा सोमबार अपरान्ह एक जनाको मृत्यु भएको छ । बसको ठक्करले स्कुटी चालक तनहुँ मनपाङग–३ का ४५ वर्षीय प्रकाश गुरुङको मृत्यु भएको हो । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना. ४ ख ८१२७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ग. ११ प १८३० नम्बरको स्कुटीलाई ठक्कर दिएको हो । दुर्घटनाको विषयलाई लिएर स्थानीयबासीले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शव सडकमा राखेर पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । प्रहरी प्रशासन, मृतकका आफन्त र बस सञ्चालकबीच भएको वार्तामा दोषीलाई कारबाही र पीडितलाई राहत उपलब्ध गराउने सहमतिपछि आफन्तले शव उठाएका थिए ।

Published On:  315पटक हेरिएको

तपाईको प्रतिक्रिया