काभ्रेको बिर्तादेउरालीमा बस दुर्घटना, २४ को मृत्यु

काभ्रे–साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा बस दुर्घट्ना हुंदा २४ जनाको मृत्यु भएको छ । काठमाण्डौबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस विर्ता देउरालीस्थित खहरे खोलामा खस्दा २४ जनाको घट्नास्थलमै ज्यान गएको हो ।

accident picदुर्घटनामा परि ३५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइदैछ । दुर्घट्नास्थल रामेछापको सिमाना नजिक पर्ने तथा कच्ची सडक प्रयोग गर्नुपर्ने प्रहरीले जनाएको छ । काठमाडौंबाट काभ्रेको कोशीपारी जाँदै गरेको यात्रुबाहक बस बिर्तादेउराली गाविसको कोतालीस्थित खहरे खोलामा दुर्घटनामा परेको थियो ।

घटनास्थलमा प्रहरी पुगिसकेको र उद्धारकार्य जारी रहेको बताइएको छ । बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया