भारतीय दूतावासले मनायो ७० औँ स्वतन्त्रता दिवश

काठमाडौं–साउन ३१ । नेपालस्थित भारतीय दूतावासले भारतको ७०औं स्वतन्त्रता दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ ।

vlcsnap-2016-08-15-14h31m36s962काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा भएको समारोहमा भारतीय राजदूत रणजित रायले भारतको राष्ट्रिय झण्डोत्तोलन गर्नुभयो । समारोहमा रायले भारतका राष्ट्रपति प्रणव मुखर्जीले छिमेकमा शान्ति र स्थायित्वको कामनासहित पठाएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । स्वतन्त्रता दिवसका अवसरमा भारतीय दूतावासले भारतीय भूतपूर्व सैनिकका १४ परिवार, आश्रित र शारिरीक अपांगता भएका भूपू सैनिकलाई ४ करोड नेपाली रुपैयाँको चेक र कम्बल वितरण गर्नुभयो ।

india dwasयस्तै, विभिन्न जिल्लाका अस्पताल, नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई ४० थान एम्बुलेन्स र आठ वटा बस हस्तान्तरण गरेको थियो । दिवसको अवशरमा विभिन्न स्थानमा रहेका ५९ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुस्तक प्रदान गरिएको छ । जनकपुरमा रामायण सर्किट कला वर्कशप गर्ने ७ नेपाली र ५ भारतीय कलाकारलाई सम्मान पनि गरिएको छ ।

भारतले सन् १९९४ देखि नेपालका ७३ जिल्लाका विभिन्न संस्थालाई ५ सय ८२ एम्बुलेन्स, २५ जिल्लाका परोपकारी संस्थालाई १ सय १४ बस प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया