रियो ओलम्पिकमा अमेरिकाको अग्रता यथावत

एजेन्सी–साउन । रियो ओलम्पिक खेलकुद प्रतियोगितामा २४ स्वर्ण पदक जित्दै अमेरिका शीर्ष स्थानमा कायमै रहेको छ । रियो ओलम्पिकमा आठौं दिनसम्म अमेरिकाले २४ स्वर्ण, १८ रजत र १९ कास्य गरी कुल ६१ पदक जित्न सफल भएको छ । त्यस्तै, चीनले १३ स्वर्ण, ११ रजत र १७ कास्य गरी कुल ४१ पदक जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । इंग्ल्याण्डले १० स्वर्ण, १३ रजत र ७ कास्य गरी कुल ३० पदक जित्दै तेस्रो स्थानमा छ । ८ स्वर्ण, ५ रजत र ३ कास्य गरी Rio-Olympicsकुल १६ पदक जितेको जर्मनी चौथो स्थानमा रहेको छ । जापानले ७ स्वर्ण, ३ रजत र १४ कास्य गरी कुल २४ पदक जित्दै पाचौं स्थानमा छ ।

त्यस्तै, रुस, अष्ट्रेलिया, इटाली र उत्तर कोरियाले भने समान छ–छ स्वर्ण पदक जितेका छन् । त्यस्तै, फ्रान्स र हंगेरीले पाँच–पाँच स्वर्ण पदक जितेका छन्् । नेदरल्याण्ड र स्पेनले समान तीन–तीन स्वर्ण पदक जितेका छन् । त्यस्तै, न्यूजिल्याण्ड, क्यानाडा, काजस्तान, बेल्जियम, थाइल्याण्ड, स्वीजरल्याण्ड, कोएसिया र इरानले भने समान दुई–दुई स्वर्ण पदक जितेका छन् । यता, आयोजक ब्राजिलले सोचेअनुसार नतिजा ल्याउन सकेको छैन । ब्राजिलले अहिलेसम्म एक स्वर्ण, एक रजत र दुई कास्य गरी ४ पदक मात्रै जितेको छ ।

तपाईको प्रतिक्रिया