पार्टी पुनसंरचनाका लागि थाल्यो एमालेले गृहकार्य

काठमाडौं–साउन ३१ । संविधान कार्यान्वयन, संशोधन र पार्टीको संरचना रूपान्तरणको ठोस धारणा बनाउन भन्दै नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आइतबारबाट सुरु भएको बैठकले संविधान कार्यान्वयन, तीन तहको चुनावको रणनीति र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न गरिने संविधान संशोधनको विषयमा  आधिकारिक धारणा तय गर्ने बताइएको छ ।

संविधानअनुसार प्रादेशिक संरचनामा पार्टीलाई कसरी लैजाने र नेतृत्व कसरी चयन गर्ने भन्ने विषय पनि बैठकले टुंगो लगाउने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ नेपाल परिक्रमालाई जानकारी दिनुभएको छ । श्रेष्ठका अनुसार सरकारबाट हटेपछि पहिलोपटक सुरु भएको बैठकले सरकारले गरेका राम्राकामलाई जनजागरण अभियानका रुपमा अघि बढाउने तथा पार्टीको आन्तरिक एकता सुदृढीकरण र नेताहरूको कार्यविभाजनलाई तिब्र रुपमा अघि बढाउने काम स्थायी कमिटीले  गर्नेछ । यस्तै, स्थायी कमिटी बैठकले नै आगामी केन्द्रिय कमिटीको पुर्ण बैठकको मिति तोक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया