जनअपेक्ष अनुसार काम गर्न नवनियुक्त सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं–साउन ३१ Ram-Karki-pictures-2। नवनियुक्त सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जनअपेक्षा अनुरूप कार्य सम्पादनमा लाग्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

सञ्चार मन्त्रालयमा पद बहालीपछि सचिवलगायत कर्मचारीलाई पूर्वाग्रह नराखी कार्यसम्पादन गर्न निर्देशन दिनुभएको हो । आफूले पनि कुनै पूर्वाग्रह नराख्ने स्पष्ट पार्दै मन्त्री कार्कीले जनताको करबाट चलेका संरचनाको कार्य सम्पादन जनअपेक्षा अनुरुप हुनुपर्ने स्पष्ट पार्नुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले संघीय संरचनामा समेत सञ्चार मन्त्रालय रहने भएकाले जनअपेक्षा अनुरुप काम अघि बढाइने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया