तेश्रो पटक सरकार विस्तार, अझै पूर्णता मिलेन

काठमाडौं–साउन ३१ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । तेश्रो पटकको यो विस्तारले पनि मन्त्रिमण्डललाई पुर्णता दिन सकेन । राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । विस्तारित मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्रबाट पाँच मन्त्रि थपिएका छन् । जनार्दन शर्माले उर्जा, सुरेन्द्रकुमार कार्कीले सूचना तथा सञ्चार, हितराज पाण्डेले संघीय मामिला तथा स्थानीय विकास र अजयशंकर नायकले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

धनीराम पौडेलले पद तथा गोपनियताको सपथ लिएपनि कार्यभार तोकिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार नै चार राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नवनियुक्त चार राज्यमन्त्रीले आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पद तथा गोपनीयताको सपथ लिएका थिए । श्रीप्रसाद जवेगूले संघीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगत उर्जा र राधिका तामाङलाई कृषि मन्त्रालयको राज्यमन्त्रिका रुपमा जिम्मेवारी दिइएको छ । धनमाया विकलाई विनाविभागीय राज्यमन्त्रीका रुपमा पद तथा गोपनियताको सपथ खुवाइएको छ ।

तपाईको प्रतिक्रिया