भदौ २३ बाट काठमाडौंमा क्यान कमटेक

काठमाडौं–साउन ३० । कम्प्युटर एशोसिएशन नेपाल महासंघ ‘क्यान’ ले क्यान कमटेक आयोजना गर्ने भएको छ ।

आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर महासंघले पहिलोपटक क्यान कमटेक अर्थात इन्फरमेसन, कम्युनीकेसन् र टेक्नोलोजी प्रदर्शनी’ आयोजना गर्न लागेको जानकारी दिएको हो । काठमाण्डौको भृकुटीमण्डपमा हुने उक्त प्रदर्शनी आगामी भदौ २३ गते देखी २६ गतेसम्म संचालन हुनेछ ।

सुविसु क्यान कमटेक २०१६ इन् एशोसिएसन् विथ सामसुङ नाम दिइएको प्रदर्शनीमा विभिन्न सूचना र प्रविधि सम्वन्धि सेवा र जानकारी रहने आयोजकको दाबी छ ।

तपाईको प्रतिक्रिया