अमेरिकामा एक धर्मगुरु र उनका सहयोगीको हत्या

एजेन्सी–साउन । अमेरिकाको न्युयोर्कस्थित क्विन्समा एक इस्लामिक धर्मगुरु र उनका सहयोगीलाई गोली हानी हत्या गरिएको छ ।

सडकमा हिंडिरहेका बेला पछाडिबाट एक व्यक्तिले उनीहरूको टाउकोमा गोली प्रहार गरेको अमेरिकी प्रहरीले जनाएको छ । उनीहरूलाई अल–फुर्कान मस्जिदबाट निस्किएलगत्तै गोली प्रहार गरिएको थियो । यद्यपी प्रहरीका अनुसार धर्मका कारण उनीहरूको हत्या गरिएको हुनसक्ने कुनै तथ्य फेला परेको छैन । इमाम र उनका सहयोगी थारा उद्दिनको हत्या भएको स्थानमा समर्थकहरूले प्रदर्शन गरेका छन् । उनीहरूले न्यायको माग गर्दै नाराबाजी गरेका छन् ।

५५ वर्षीय इमाम दुई वर्षअघि बंगलादेशबाट अमेरिका आएको बीबीसीले जनाएको छ ।

Published On:  529पटक हेरिएको

तपाईको प्रतिक्रिया