सुनसरीको मदरसामा लाखौँ भ्रष्टाचार

imagesसुनसरी–साउन ३० । सुनसरीको चाँदबेला गाविसस्थित ज्याउल हक प्राथमिक विद्यालयमा कागजी समिति बनाएर लाखौं रकम भ्रष्टाचार भएको खुुलासा भएको छ ।

मुस्लिम धर्मावलम्बीका बालबालिका पढ्ने यो विद्यालयमा नक्कली व्यवस्थापन समिति बनाएर दुई वर्षदेखि लाखौं रकम भ्रष्टाचार गरेको भेटिएको हो । मदरसामा अघिल्लो कार्यसमितिका सचिव युनिस मियाँले नक्कली विद्यालय व्यवस्थापन समिति बनाएर भष्ट्राचार गरेको देखिएको छ । युनिसले आर्थिक वर्ष ७१/७२ मा ११ लाख ८७ हजार ४ सय रूपैयाँ भ्रष्टाचार गरेको पाइएको छ । युनिसले नक्कली माइनुट र बैठक बसेको कागजपत्र बनाएर छुट्टै लेखापरीक्षण पनि गराएका छन् ।

यता, मदरसाका प्रधानाध्यापक करचुुलाल चौधरीलाई पनि समितिको सदस्य सचिव बनाइएको छ । उनले पनि लेखापरीक्षण प्रतिवेदनमा हस्ताक्षर गरेको देखिएको छ । तर,  प्रधानाध्यापक चौधरीले आफूलाई त्यसबारे जानकारी नभएको बताएका छन् । विद्यालयमा भ्रष्टाचार भएको खुलासा भएपछि युनिस भाग्दै हिँडेको अभिभावकहरूको दाबी छ ।

तपाईको प्रतिक्रिया