काठमाडौं–साउन ३० । संसद्ले न्याय परिषद् विधेयक–२०७३ माथि दफावार छलफल गर्न भन्दै विधायन समितिमा पठाएको छ ।
आइतबारको संसद् बैठकले सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले विधेयक सम्बन्धित समितिमा पठाइयोस भनी प्रस्तुत गरेको प्रस्ताव पास गर्दै विधायन समितिमा पढाउने निर्णय गरेको हो । संविधानअनुसार अहिले कायम रहेका पुनरावेदन अदालतलाई उच्च अदालतमा रूपान्तरण गर्ने विधेयक असोज ३ गतेभित्रै पारित गर्नुपर्ने छ । समितिको छलफल सकेर संसदमा विधेयक फिर्ता आएपछि पारित गरिने संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै, संसदमा लेखा परीक्षण पहिलो संशोधन, कर्मचारी सञ्चयकोष नवौं संशोधन र नेपाल राष्ट्र बैक दोस्रो संशोधन विधेयक २०७१ पेश भएका छन् । संसदको अर्काे वैठक भदौ १ गते बस्दैछ ।