नेदरल्याण्डसँग नेपाल पराजित

साउन ३० । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप प्रतियोगिताअन्तर्गत चौथो चरणको खेलमा नेपाल पराजित भएको छ । अमस्टेलभिनमा शनिबार  भएको खेलमा नेदरल्याण्डसंग नेपाल ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ९५ रनको झिनो लक्ष्य नेदरल्याण्डले १६ दशमलव ५ ओभरमा तीन विकेटको क्षतिमा पूरा गर्‍यो । नेदरल्याण्डका लागि बारिस्सीले ३७ र माइब्रगले ३३ रन बनाएका थिए । नेपालका लागि करण केसी, बसन्त रेग्मी र सागर पुनले समान एक–एक विकेट लिए । home-nepalvmalaysia

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले प्रतियोगिताकै खराब प्रदर्शन गर्दै ३८ दशमलव एक ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । नेपालका कुनै पनि खेलाडी खुलेर खेल्न सकेनन् । ओपनर अनिल मण्डलले २०, शरद भेष्वाकरले १४, सोमपाल कामीले १२ र ज्ञानेन्द्र मल्ले ११ रन बनाउन बाहेक कुनै खेलाडी चल्न सकेनन् । पारस खड्का शून्य रनमा आउट भए । त्यस्तै, विनोद भण्डारी ९, सागर पुन ७ र राजु रिजाल ३ रनमा आउट भएका थिए । नेदरल्याण्डका लागि गग्टेन र रिप्पोनले समान तीन–तीन विकेट लिएका थिए । नेपालले सोमबार दोस्रो खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया