बोक्सीको आरोपमा धनुषामा एक बृद्धालाई कुटपिट

bokshiधनुषा–साउन ३० । धनुषाको खरीहानी गाविसकी एक वृद्धालाई स्थानीयवासीले बोक्सीको आरोपमा कुटपिट गरेका छन् । धनुषा खरिहानी सिमराढी वडा नम्बर ५ की ६० वर्षीया जानकीदेवी कापरलाई स्थानीयले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । टाउको र हात–खुट्टामा चोट लागेको जानकीदेवीलाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । वर्षदिनमा बोक्सीको आरोपमा जानकीदेवीमाथि कुटपिट भएको यो तेस्रोपटक हो ।

जानकीदेवीका छोरा रामकेवल कापरले यसअघि इलाका प्रहरी कार्यालय खरिहानीमा स्थानीयले बोक्सीको आरोपमा आमालाई प्रताडित गरेको भन्दै उजुरी गरेपनि प्रहरीले उल्टै गालीगलौज गरेर धपाएको गुनासो गरे ।

तपाईको प्रतिक्रिया