नवलपरासी–साउन ३० । नवलपरासीका छुट्टा–छुट्टै स्थानका पोखरीमा डुबेर दुई बालकको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नम्बर ७ का ८ वर्षीय मनिष महतोको शनिबार बिहान घरनजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यस्तै शनिबार नै दिउँसो नवलपरासीको देवचुली वडा नम्बर ७ स्थित घुमाउरीघाटको पोखरीमा पौडी खेल्ने क्रममा १३ वर्षीय वालक शिव न्यौपानेको मृत्युभएको छ ।