संविधान शंसोधनबाट नभाग्न एमालेलाई उपेन्द्र यादवको सुझाव

upendra-yadav_20110506084356काठमाडौं–साउन ३० । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने दायित्वबाट नेकपा एमालेलाई नभाग्न सुझाव दिनुभएको छ । शनिबार धनुषाको जनकपुरमा फोरम नेपालको तराई–मधेश प्रदेश भेलामा अध्यक्ष यादवले संविधान संशोधन सम्पूर्ण देशकै लागि आवश्यक रहेकाले यो दायित्वबाट नेकपा एमाले भाग्न नहुने बताउनुभएको हो ।

त्रुटिपूर्ण संविधान संशोधन गर्न तयार नभए एमाले देशको राजनीतिक निकासको बाधक ठहरिने पनि यादवको भनाइ छ । अध्यक्ष यादवले सरकार पूर्णता पाउने बित्तिकै संविधान संशोधनको प्रकृया अगाडि बढाउन सुझाव दिनुभयो । दुईदिने भेलाले फोरमकी सहअध्यक्ष रेणु यादवको संयोजकत्वमा ४२ सदस्यीय तराई मधेश कार्यसमिति तथा तदर्थ समिति गठन गरेको छ ।

Published On:  299पटक हेरिएको

तपाईको प्रतिक्रिया