मेसी अर्जेन्टिनाको राष्ट्रिय टिममा फर्किए, सन्यास फिर्ता

एजेन्सी–साउन । स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिमबाट लिएको सन्यास फिर्ता लिएका छन् ।

lionel-messi-background२९ वर्षे मेस्सीले कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा ब्यहोरेको हार र आफ्नै पेनाल्टी मिस भएपछि अप्रत्यासित सन्यास घोषणा गरेका थिए । अर्जेन्टिनी राष्ट्रपति लगायत अधिकांशले सन्यास फिर्ता लिन दबाव दिएपछि मेसिले राष्ट्रिय टिममा फर्किने घोषणा गरेका हुन् । अर्जेन्टिनी प्रशिक्षक बनेका इडगार्डो बौजाले बार्सिलोना पुगेर मेस्सीसँग लामो छलफल गरेपछि सन्यास फिर्ता संभव भएको थियो । मेस्सीले सन्यास फिर्ता लिएपछि विश्वकप छनौट टिममा उनी समावेश भएका छन् ।
अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता मेस्सीले १३३ खेलमा ५५ गोल गरेका छन् । तर उनले २००८ को बेइजिङ ओलम्पिकमा अर्जेन्टिनालाई स्वर्ण दिलाएपछि देशका लागि अरु ठूला उपाधि दिलाउन सकेका छैनन् ।

Published On:  465पटक हेरिएको

तपाईको प्रतिक्रिया