आयल निगमले तिर्यो आय कर, नाफामा ह्याट्रिक

काठमाडौं–साउन २९ । नेपाल आयल निगमले १४ वर्षपछि सरकारलाई आय कर तिरेको छ । लगातार दुईवर्ष नाफा गरेको निगमले सञ्चित ऋण भुक्तानी गरेपछि सरकारलाई १ अर्ब ३० करोड रुपैयाँ बराबरको राजश्व तिरेको हो ।

oli nigamनाफाको २५ प्रतिशत रकम आन्तरिक राजश्व विभागमा बुझाएको निगमले विदेशी बजारकै मूल्य अनुसार समायोजन गर्ने स्वचालित प्रणाली लागू भएपछि आफ्नो ऋणका रुपमा रहेको सञ्चित नोक्सनी समेत चुक्ता गरेको छ । निगमले गत आर्थिक वर्ष २०७२/७३ मा १५ अर्ब रुपैयाँ खुद मुनाफा कमाएकोमा आर्थिक वर्ष २०७१/७२ मा १५ अर्ब ४ करोड नाफा कमाएको थियो । चालु आर्थिक वर्षमा सञ्चित नोक्सानी नभएका कारण झण्डै ४ अर्ब रुपैयाँ आयकर तिर्ने निगमको तयारी रहेको छ । अहिले निगमले एक लिटर पेट्रोलमा ८ रुपैयाँ ८३ पैसा, डिजेलमा २ रुपैयाँ १२ पैसा, मट्टीतेलमा प्रतिलिटर १६ रुपैयाँ १८ पैसा नाफा कमाउदै आएको छ ।

खाना पकाउने एलपी ग्यासमा समेत प्रतिसिलिन्डर निगमलाई १ सय ११ रुपैयाँ ७० पैसा नाफा हुदै आएको छ । आन्तरिक हवाइ इन्धनमा १५ रुपैयाँ ८८ पैसा र अन्तराष्ट्रियतर्फ २५ रुपैयाँ ३ पैसा नाफा निगमले लिदै आएको छ ।

तपाईको प्रतिक्रिया