शैक्षिक मेला, स्वदेशमै पढ्न अभिप्रेरित गर्ने अभियान

काठमाडौं–साउन २९ । दरबागरमार्गको होटल अन्नपूर्णमा जारी दोस्रो नेपाल उच्च शिक्षा शैक्षिकमेलाले पढ्नका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीमा स्वदेशमै पढ्ने भावना जागृत गराएको छ ।

education-fair-1नेपालमा सस्तो फि मा गणस्तरिय शिक्षा पाइन्छ भन्ने जानकारी पाएपछि पढ्न बाहिरिने क्रममा रहेका विद्यार्थीहरु स्वदेशमै पढ्न तयार देखिएका हुन् ।  मेलामा सहभागी अधिकांश विद्यार्थी नेपालमा स्तरीय शैक्षिक कोर्सहरु सस्तो शुल्कमा उपलब्ध हुने कुरामा अनविज्ञ भेटिएका थिए । झण्डै ८ हजार विद्यार्थीले अवलोकन गरेको मेलाबाट उच्च शिक्षाकै लागि विद्यार्थी बाहिरिन दर कम हुने अपेक्षा राखिएको आयोजकको दाबी छ ।

यस्ता मेलाले अभिभािवक र विद्यार्थीमा नेपालमै विदेशी कलेजकै गुणस्तरको शिक्षा लिन सकिन्छ भन्ने जानकारी दिने भन्दै निरन्तर यस्ता मेला भए शैक्षिक सुधारमा समेत समयोग पुग्ने शैक्षिक क्षेत्रका बिज्ञहरु बताउछन् । मेलमा विभिन्न ४० भन्दा बढी स्वदेशी शैक्षिक संस्थाका ५० वटा स्टल राखिएका थिए ।

तपाईको प्रतिक्रिया