एजेन्सी–साउन । टर्कीले रसियालाई सिरियाका जिहादी समूह इस्लामिक स्टेट्स (आइएस) विरुद्ध संयुक्त कारबाही अघि बढाउन आह्वान गरेको छ ।
रसिया भ्रमणका क्रममा टर्कीका राष्ट्रपति रेसेप तायिप एर्डोगान र रसियाली राष्ट्रपति भ्यादिमिर पुटिनबीच भएको एक महत्वपूण भेटवार्तामा यस बारे चर्चा भएको बताइएको छ । । यो विषयले अहिले रसियासागै टर्कीमा समेत चर्चा पाएको छ । टर्कीका विदेश मन्त्री मेभ्लुत क्याभ्उसोग्लुले एक निजी टेलिभिजनलाई अन्तवार्ता दिनेक्रममा समेत विस्तृत छलफल गरेर आइएस विरुद्धको कारबाहीमा रसियासाग मिलेर संयुक्त कारबाही अघि बढाइने सकारात्मक सन्देष दिनुभएको थियो ।
प्रस्ताव पहिलो पटक टर्कीको तर्फबाट आएको र दुबै देशले आवश्यक छलफल गरेपछि अघि बढाइने बताएपनि दुबै देश संयुक्त कारबाहीका लागि तयार देखिनुने अब आइएस विरुद्धको कारबाही आक्रामक हुने संकेत मिलेको छ । टर्कीका राष्ट्रपति रेसेप रसिया भ्रमणमा रहेका बेला चर्चामा आएको यो सहकार्यको प्रस्ताव पास हुन्छ वा केवल चर्चामा मात्र रहन्छ यसका लागि भने कुर्नैपर्छ ।
आफ्ना रसियाली समकक्षी भ्लादिमिर पुटिनसाग भएको भेटवार्तापछि रसियाले टर्कीसागको आर्थिक सहकार्यलगायत अन्य सम्बन्धहरु पुन:स्थापना गर्नेबारे सकारात्मक अभिव्यक्ति दिएको दाबी टर्कीको छ । गत नोभेम्बरमा सिरियाको सिमानानजिकै टर्कीले एउटा रसियाली विमानलाई गोली हानेर खसालेपछि टर्की र रसियाबीचको सम्बन्धमा चिसोपन आएको थियो । गत महिना टर्कीमा भएको असफल सैन्य विद्रोहको प्रयासपछि राष्ट्रपति एर्डोगानको पहिलो विदेश भ्रमण रसिया हुनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
सैन्य विद्रोह प्रयासमा संलग्न भएको आरोपमा आफ्नो देशभित्र हजारौँ नागरिकलाई एर्डाेगानले गरेको कारबाहीलाई लिएर टर्की र पश्चिमा देशहरुबीच देखापरेको चिसोपना कम गर्न एर्डोगान रसिया भ्रमणमा गएको आँकलन गरिएको छ ।