होटल अन्नपुर्णको ट्रेड युनियन अध्यक्षमा सुवेदी

काठमाडौं–साउन २९ । होटल अन्नपुर्णको आधिकारिक ट्रेड युनियनको निर्बाचन २०७३ साउन १३ मा नेस्वहोमयु र अनेहोक्यारेसंघ को १०३/१०३ बराबर मत भएकोमा आज श्रम कार्यलयको रोहबरमा दुई पक्षको गोलाप्रथाबाट आधिकारिक ट्रेड युनियनको मान्यता नेस्वहोमयुले पाएको छ ।

annapurna tirthaतिर्थ सुवेदीको अध्यक्षतामा रहेको नेस्वहोमयु अन्नपुर्ण होटलको आधिकारिक ट्रेड युनियन बन्न सफल भएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद सिलवाल, महिला उपाध्यक्षमा निरूता खड्का, सचिव कृष्ण बहादुर पुलामी, सह–सचिब विमल बस्याल, उपसचिब राजु खतिवडा, कोषाध्यक्ष हरिकुमार कार्की, सहकोषाध्यक्ष कृष्ण बिडारी र सदस्यहरूमा कान्छा महर्जन, नारायण बहादुर थापामगर, ऋषीराम दुलाल, उद्दब बिष्ट, रामकुमार खाकी, नगेन्द्र रिजाल, सुनिता हुमागाईँ, शिबहरी दुलाल, सिताराम बस्नेत, शरद अधिकारी र रमेश थापा विजयी भएका छन् ।
आज आयोजित विजयी सभालाई सम्बोधन गर्दै नव नियुक्त अध्यक्षले यो जित सम्पुर्ण मजदुरहरूको जित भएको भन्दै सम्पुर्ण श्रमिक साथिहरूलाई बधाई तथा धन्यबाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा होटलका महाप्रबन्धक अभिनब नर्सिङ राणाले श्रमिक र ब्यबस्थापन को संयुक्त सहकार्यबाट नै होटल र मजदुरहरूको हितमा काम गर्न सकिने हुनाले सगै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । साथै नवनिर्बाचित नेस्वहोमयु तिर्थ सुबेदी समुहलाई टिका र माला लगाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
यसैगरि राम बुढाथोकीको सभापतित्वमा भएको उक्त विजयी सभामा अनेहोक्यारेसंघका निबर्तमान अध्यक्ष नरबहादुर लामिछाने र नेपहोक्यारेसंघका निवर्तमान अध्यक्ष हिरामणी गुरूङ्ले बधाई तथा शुभकामना मन्तब्य दिदै सफल कार्यकालको कामना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया