काम नथाले १२ तले टावर निर्माणको जिम्मा रद्द गर्ने कामपाको चेतावनी

काठमाडौं–साउन २९ । काठमाडौं स्तम्भ निर्माण प्रक्रियाको विवरण साउन भित्र काठमाडौं महानगरपालिकामा नल्याए निर्माणका लागि जिम्मा पाएको कम्पनीको सम्झौता खारेज गर्ने चेतावनी कामपाले दिएको छ । दुई महिनाअघि नै निर्माणको काम सुरु गर्ने जनाउँदै पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारेपनि भवन निर्माणको काम अझै अघि नबढेपछि कामपाले यस्तो चेतावनी ttttदिएको हो ।
अहिलेसम्म स्तम्भ निर्माणको काम अघि बढाउनुपर्ने भए पनि हालसम्म जस्ताले बार्ने काम मात्र भएकाले साउन महिनाभरि विवरण ल्याउन नसके कम्पनीलाई रोक लगाइने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो ।
एक महिनाअघि पनि काठमाडौं स्तम्भ निर्माणको काममा ढिला भएको जनाउँदै तत्काल सुरु गर्न निर्देशन दिइए पनि कम्पनीले आलटाल गरिरहेको कामपाको दाबी छ । स्तम्भ निर्माणको जिम्मा पाएको कम्पनी भने सामाग्री आउन ढिला भएर काम अघि नबढेको बताएको छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकतासँगै नेपाली कला, संस्कृति झल्किने खालको भवन बनाइने बताइएपनि  काम भने अघि बढ्न सकेको छैन ।

तपाईको प्रतिक्रिया