खेतीमा आत्मनिर्भर बन्दै जाजरकोट

साउन २८ । जाजरकोट जिल्ला पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । मौषमी तथा बेमौषमी तरकारी खेतीबाट जाजरकोट आत्मनिर्भर बनेको हो । आर्थिक वर्ष ०७२/०७३ मा जिल्लामा ३४ करोड ६५ लाख रुपैयाँको तरकारी उत्पादन भएको छ ।

जिल्लाको आठ सय २५ हेक्टर क्षेत्रफलमा ११ सय ५० मेट्रिकटन तरकारी उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत चित्रबहादुर रोकायले जानकारी दिनु भयो । जाजरकोटको ९२ प्रतिशत जनसंख्या कृषि पेसामा आश्रीत छन भने तरकारी खेतीमा मात्रै १० प्रतिशत सलंग्न रहेको कृषि कार्यलयको तथ्यांक छ । कार्यालयले जिल्लाको खलंगा, कालेगाउँ, पिपे, मैदे, रिसाङ, जगतीपुरको पुल, मटेला, काँसतरा, पुन्माको इभर, भेरेखर्क लगायतका क्षेत्रलाई तरकारी खेतीका लागि पकेट क्षेत्र घोषणा गरिएको छ । उत्पादित तरकारी सुर्खेत, दैलेख र बाँके लगायतका जिल्लामा निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया