मधेशका मुद्दा सबैका साझा हुन् : गृहमनत्री निधि

काठमाडौं–साउन २८ । उपप्रधान तथा गृहमन्त्री bimalendra-499x330ले मधेशका मुद्धा राष्ट्रिय विषय भएकाले संविधान संशोधनमा एमालेले सघाउनुपर्ने बताउनु भएको छ । गृह मन्त्रालयमा विहीबार भएको एक कार्यक्रममा मन्त्री निधिले संविधान संशोधनबारे सरकारमा सहभागी दलसंग सहमति जुटेपछि एमालेको पनि धारणा मागिने स्पष्ट पार्दै संशोधनमा सघाउने दाबी गर्नुभयो । उपप्रधानमन्त्री निधिले छिमेकी देशसंग बिग्रिएको सम्बन्ध सुधारका लागि सरकारले दुई उपप्रधानमन्त्रीलाई दुई छिमेकी देश पठाउन लागेको स्पष्ट पार्नुभयो ।

आफूले भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको चाँजोपाँजो मिलाउने उहांले बताउनुभयो ।

तपाईको प्रतिक्रिया