कालोबजारी रोक्न निर्देशन दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं–साउन २८ । मन्त्री परिषद्को बैठकले महंगी, कालोबजारी, कृतिम अभाव र मिसावट रोक्न गृह मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको विहीबार बसेको बैठकले मिसावट, कालोबजारी र कृत्रिम अभाव रोक्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्यस्तै बैठकले कानुनी व्यवस्थामा थप कडाई गर्न ऐन संशोधनको प्रस्ताव ल्याउन कानुन मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले नेपाल र दुई छिमेकी देशबीचको सम्बन्ध सुमधुर बनाउन उपप्रधानमन्त्रीहरुलाई प्रधानमन्त्रीको विशेष दुतका रुपमा भारत र चीन पठाउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया