काठमाडौं–साउन २७ । म्याक्स मेडिटेक स्टिम प्रालिले WIDEX मनसुनि अफर ल्याएको छ । यो अफर अन्र्तगत कुनैपनि पुरानो श्रवण यन्त्रसँग नयाँ साट्दा ५० प्रतिशत छुट पाइनेछ । विशेष शर्तहरू लागु गरेर कम्पनीले यो खालको स्किम केही समयका लागि ल्याएको हो ।
म्याक्स मेडिटेकका व्यवस्थापक नविन गुरूङका अनुसार यो अफरबाट श्रवण क्षमता नभएकाहरूले फाइदा लिन सक्नेछन् । श्रवणयन्त्र साट्न वा नयाँ खरिद गर्न चाहने कम्पनीको कार्यालय काठमाडौको सिनामङ्गलमा सम्पर्क गर्नुपर्ने व्यवस्थापक गुरूङले नेपाल परिक्रममालाई बताउनुभयो ।