दाईजो नल्याएको निहुमा महिलालाई कुटपिट

बाँके–साउन २७ । दाईजो नल्याएको निहुमा बाँकेमा एक महिलामाथि निर्मम कुटपिट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ बाले गाउँकी १८ वर्षीया आसरुन जोलहालाई दाइजो नल्याएको भन्दै उनका श्रीमान, सासु र ससुराले कुटपिट गरी गम्भीर घाviolenceइते बनाएका छन् ।

कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । साउन २३ गते कुटपिटबाट गम्भीर घाइते भएकी आसरुनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ । आसरुनलाई कुटपिट गर्ने उनका श्रीमान २४ वर्षिय वसिम जोलहा, उनकी सासु बाबादैया जोलहालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।

कुटपिटमा संलग्न  ससुरा सब्बिर जोलहा र काका नसिम जोलहा भने फरार रहेको प्रहरीले जनाएको छ । असरुनका कान्छा ससुरा नसिरले २०७१ सालमा मागी विवाह गराइदिएका थिए । विगत ४ महिना देखि घरका सबै परिवार मिलेर आफूलाई कुटपिट गर्ने आसरुनको भनाइ छ । यसअघि साउन २० गते पनि असरुनलाइ उनका परिवारले कुटपिट गरेपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा मिलापत्र गराई छाडिएको थियो ।

Published On:  536पटक हेरिएको

तपाईको प्रतिक्रिया