रोल्पा साउन २७ । सभामुख ओनसरी घर्तीमगरले देशमा शैक्षिक जागरण आवाश्यक रहेको बताउनुभएको छ । बुधवार रोल्पाको लिबाङस्थित आज बालकल्याण उच्चमाविको भवन सिलान्यास गर्दै सभामुख घर्तीले दश वर्षे शसस्त्र युद्धको समयमा समग्र शिक्षा क्षेत्र प्रभावित भएकोले अव शैक्षिक जागरण ल्याउन आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले अबको शिक्षा डिजिटल प्रविधिमार्फत अघि बढाउनुपर्ने भन्दै शिक्षा नै सम्बृद्धिको सम्बाहक भएको दावी गर्नुभयो । सभामुख घर्तीले युद्धको समयमा रोल्पाका युवाहरु पढाईमा भन्दा राजनीतिक परिवर्तनमा होमिनु परेको स्मरण गराउनुभयो ।