राष्ट्रिय युवा सम्मेलन काठमाडौंमा

काठमाडौं–साउन २७ । राष्ट्रिय युवा सम्मेलन २०१६ आजबाट काठमाडौमा जारी छ । राष्ट्रिय युवा नीति ल्याउन सरकारलाई ठोस दवाव र सुझाव दिन आयोजना गरिएको युवा सम्मेलनले काठमाडौ घोषणा पत्र समेत जारी गर्नेछ । युवा सम्मेलनमा सहभागि युवा प्रतिनिधिहरुले राज्यको गैरजिम्मेवारीपन र युवालाई हेर्ने गलत दृष्ट्रिकोणका कारण युवाहरु विदेश पलायन हुनु परेको आरोप लगाएरका छन् ।

उनीहरुले युवाहरुको क्षमता पहिचान गरेर राज्यले स्वदेशमै काम लगाउन सके कोहि पनि युवा विदेश पलायन हुन नपर्ने जिकिर गरेका छन् । तीन दिनसम्म चल्ने सम्मेलनमा विभिन्न जिल्लावाट करिव डेढ सय जना युवा सहभागि छन् । सम्मेलनको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया