मधेसी मोर्चाका कार्यकर्ताको सप्तरीमा विरोध

सप्तरी–साउन २७ । मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीमा स्थानीय निकाय पुनर्संरचना सम्बन्धी परामर्श बैठकमा हस्तक्षेप गरी अवरोध गरेका छन् । मोर्चका कार्यकर्ताले जिल्ला विकास समितिको सभाकक्षामा भइरहेको बैठकमा प्रवेश गरि नाराबाजी गर्दै बैठकको माइन्युट् खोसेर जलाएका छन् । उनीहरुले प्रदेश सीमांकनको टुंगो लाग्न नपाउँदै गर्न लागिएको स्थानीय निकायको पुनर्संरचना अव्यवहारिक हुने भन्दै अवरोध गरेका हुन् ।

साउनको अन्तिम सातासम्ममा स्थानीय निकायको पुनर्संरचा गरि नाम र केन्द्र तोकेर पुनर्संरचना आयोगमा पठाउनुपर्ने परिपत्र अनुसार निमित्त स्थानीय विकास अधिकारी धिरेन्द्रकुमार यादवले परामर्श बैठक बोलाउनु भएको थियो । मोर्चाले गरेको अवरोधपछि स्थानीय निकाय पुनर्संरचना सम्बन्धी बैठक अनिश्चित बनेको छ । आयोगको खाका अनुसार सप्तरीमा ११ वटा स्थानीय तहको संख्या निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया