पुर्नसंरचना विषयमा सबै दलसँग छलफल हुने

काठमाडौं–साउनन २७ । सत्तारुढ कांग्रेस र माओवादीले स्थानीय निकाय पुर्नसंरचनाका विषयमा सबै राजनीतिक दलहरुसँग छलफल गर्नेे निर्णय गरेका छन् । सिंहदरबारमा बुधबार स्थानीय निकाय पुर्नसंरचना आयोगका पदाधीकारीहरु सहित बसेको सत्तारुढ दलको बैठकमा अहिलेसम्म आयोगले गरेको कामका विषयमा जानकारी गराएको थियो ।

छलफलपछि कांग्रेस र माओवादीले अन्य राजनीतिक दलहरुसँग समेत थप छलफल गर्ने निर्णय गरेको हो । छलफलमा आयोगका पदाधीकारीहरुसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणा लगाएत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया