मन्त्रिपरिषद् विस्तारमा समस्या छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं–साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक दुईदिन भित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबि गर्नुभएको भएको छ । प्रधानमdeuba-prachandaन्त्री निवास वालुवाटारमा बुधवार पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारमा कुनै समस्या नरहेकाले एक–दुई दिनभित्रै पूर्णता पाउने जानकारी दिनुभएको हो । उहाँले नेपाल विद्यार्थी संघको महाधिवेशनका कारण कांग्रेस व्यस्त भएकाले केहि ढिलाई भएको स्वीकार्दै कांग्रेससंग छलफल गरेर मन्त्रिपरिषद् विस्तार गरिने जानकारी दिनुभयो । प्रचण्डले आफ्नो पार्टीले मन्त्रीको टुङ्गो लगाईसकेको भन्दै सकेसम्म कांग्रेसका मन्त्रिसहित मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अस्वभाविक रुपमा भएको मुल्यबृद्धि र कालाबजारी रोकेर बजार नियन्त्रण गर्न निर्देशन दिईसकेको भन्दै केही समयमै परिणाम देखिन थाल्ने दावी पनि गर्नुभयो । प्रधानमन्त्री दाहालले मधेसी, थारु लगायतका मागहरु सम्वोधन गर्ने र आन्तरिक एकतालाई सुढृढ बनाएर संविधान कार्यान्वयनको बाटोमा अघि बढ्न सरकारले गृह कार्य शुरु गरेको जानकारी दिनुभयो ।

Published On:  274पटक हेरिएको

तपाईको प्रतिक्रिया