दुर्लभ वन्यजन्तु गैंडा मृत फेला

साउन २६ । चितवनको होटल मेघौली सेराइको आडमा सोमबार दुर्लभ वन्यजन्तु गैंडा मृत अवस्थामा फेला परेको छ । उद्योगपति विनोद चौधरीको व्यवसायिक समूह चौधरी गु्रप समेतको लागानी रहेको होटलबाट छोडेको करेन्ट लागेर गैंडा मेरेको स्थानीयवासीको भनाइ छ ।

गैडा मरेपछि चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले होटल कर्मचाgaidaरी सहितलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान गरिरहेको छ । स्थानीयका अनुसार होटल आडैबाट बग्ने राप्ती नदीमा पर्यटक राखेर घुमाउनका लागि होटलले फलामको पाता जोडेर डुंगा बनाउँदै थियो । सो डुंगा बनाउने बेलामा वोल्डिङ गर्ने कामका लागि बिजुलीको तार लगिएको थियो । काम गरेपछि बिजुलीको तार त्यसै छाडेका कारण घटना भएको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया