सेयरबजार एकाएक उकासियो

काठमाडौं–साउन २६ । केही समय ओरालो लागेर माथि उक्लिएको अहिले भने प्रत्येक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । प्रत्येक दिन ४ घन्टा कारोबार हुनुपर्नेमा मंगलबार भने उच्च अंकले बढेर नयाँ रेकर्ड बनाउँदै आधा घन्टामात्रै कारोबार भएर बन्द हुन भयो ।

नेपाल धितोपत्र बोर्डले कालो धनको खोजी गर्न गठन गरेको समिति भंग गरेपछि एका एक लगानीकर्ता उत्साहित सयेर कारोबार बढेको हो । सेयरमा स्रोत नखुलेको सम्पत्ति लगानी भएको भन्दै बोर्डले छानबिन गर्ने तयारी थालेपछि एकाएक लगानीकर्ता पछि हट्दा घट्न पुगेको थियो ।

तपाईको प्रतिक्रिया