मन्त्रिमण्डल विस्तारमा दाहाललाई असहज

काठमाडौं–साउन २६ स नौ सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री चुनिएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रि मण्डल विस्तार गर्न कठिन बन्दै गएको छ । आगामी वैशाखसम्म सरकार चलाउने समयसीमा पाएका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार गठनको एक साता बित्pm-prachanda.jpg1दा पनि सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट मन्त्री तोक्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा कठिनाई भएको हो ।

माओवादीले प्राप्त गरेका आठमध्ये पाँच मन्त्रीको नाम टुंगो लगाउन मंगलबार बसेको हेडक्वार्टर बैठक बिनानिष्कर्ष टुंगिएको थियो । यसअघि प्रधानमन्त्री दाहालसँगै माओवादीका तीन र कांग्रेसका दुई मन्त्रीले शपथ लिएका थिए ।

Published On:  386पटक हेरिएको

तपाईको प्रतिक्रिया