ओखल्ढुंगाको आम्बोटे गाउँ पहिरोको उच्च जोखिममा

ओखलढुंगा–साउन २४ । गत वर्षको भूकम्पबाट प्रभावित बनेको ओखल्ढुंगा जिल्लाको मुलखर्क गाविस अहिले जारी रहेको बर्षाद्बाट थप प्रभावित बनेको छ ।

aambote my birth placeमुलखर्क गाविसको वडा नं. ८ आम्बोटेमा रहेको धमला बस्ति सबैभन्दा बढी जोखिममा परेको नेकपा माओवादी केन्द्रका स्थानीय नेता शम्भुप्रसाद धमलाले बताउनुभयो । उहाँका अनुसार अहिले उक्त गाउँमा ठूला–ठूला धाँजो फाटेको छ र १० घर परिवार विस्तापित भएका छन् । घाम लागेको समयमा नै जमिन चिराफारा भएका कारण अकस्मात ठूलो बर्षाद् भए सिंगो गाउँले नै जोखिम व्यहोर्नुपर्ने हुन्छ ।

गत वर्षको भूकम्पबाट ठूलो आर्थिक तथा भौतिक क्षति व्यहोर्नुपरेका स्थानीय अहिले पहिरोको जोखिम कुरेर त्रासमा बसिरहेका छन् । अहिलेसम्म यो गाउँमा देखापर्नसक्ने जोखिमतर्फ सरोकारवाला पक्ष बेखबर देखिएकोमा स्थानीय निराश छन् ।

तपाईको प्रतिक्रिया