बाग्लुङका कृषक व्यवसायिक कृषितिर

बाग्लुङ–साउन २४ । खाद्यान्न उत्पादन कम हुन थालेपछि बाग्लुङका किसानले व्यवसायिक केरा खेती गर्न थालेका छन । धान, मकै, कोदो लगाएतका खाद्यान्न बाली लगाउँदा उब्जनी कम भएपछि किसानले व्यवसायीक केरा खेती गर्न थालेका हुन । जिल्लाका कुस्मीसेरा, ग्वालीचौर, दमक, छिस्ती, अमलाचौर, खरबाङ तथा वानपा लगायतका स्थानका दुई हजार सात सय हेक्टर क्षेत्रफलमा व्यवसायीक रुपमा केरा खेती गर्न थालेको किसानहरुले बताएका छन । जिल्लामा फापाला मल्बोक, चिनी, मुरे लगाएतका स्थानीय जातका केरा खेती हुंदै आएको छ ।

जिल्ल्लामा बार्षिक पाँच सय ६२ मेट्रिक टन केरा उत्पादन हुंदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बागलुङमा २५ हजार व्यक्तिले केरा खेती गर्दै आएका छन । बागलुङमा उत्पादित केरा पर्वतको कुस्मा, कास्कीको पोखरा, रुपन्देहीको बुटवल र म्याग्दीको बेनीमा निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush