पृथ्वी राजमार्ग आसपासका घर भत्काउन थालियो

धादिङ–साउन २४ । पृथ्वी राजमार्ग छेउछाउमा वन अतिक्रमण गरि बनाइएका एकसय भन्दा बढि स्थायी तथा अस्थायी संरचना भत्काउन सुरु गरिएको छ । धादिङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यक्ति, संस्था र सहकारीका भवनहरु सञ्चालन गर्ने क्रम बढेपछि जिल्ला वन कार्यालयले घरटहरा भत्काउन सुरु गरेको जनाएको छ ।

यसअघि अतिक्रमण गरी बनाईएका घर टहरा हटाउन सुचना जारी गरेपनि अटेर गरेकाले वन कार्यालयले प्रशासनको सहयोगमा डोजर लगाएर हटाउन सुरु गरेको हो ।

कार्यलयले राजमार्गमा बनाइएका सयभन्दा बढि घरटहरा भत्काउने बताएको छ । यसैबीच स्थानियले भने सुचना बिनै आफ्नो घर टहरा भत्काइएको भन्दै विरोध गरेका छन । पछिल्लो समय राजमार्ग आसपासका सामुदायिक बनहरु अतिक्रमण गरेर राजमार्गलाइ नै असर पर्ने गरि होटल ब्यवसाय संचालन हुन थालेपछि सडक दुर्घटना पनि बड्दै गएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया