काठमाडौंको बौद्वमा विश्वकै सस्तो पिजा रेष्टुरेन्ट

काठमाडौ–साउन २३ । काठमाडौंस्थित बौद्धको पीपलबोट छेउमा विश्वकै सस्तो पिजा रेन्टुरेन्ट सञ्चालनमा आएको छ । एक सिङ्गै पिजालाई मात्र ९९  रूपैयाँमा बेच्ने गरी पिजा वल्र्ड नामको पिजा रेष्टुरेन्ट सञ्चालनमा आएको हो । सामान्यतया बजारमा एउटा एक सिङ्गै पिजा सेटलाई रू दुई सय ५० देखि ३ सय पर्छ । Piza

बर्षौसम्म पिजा रेष्टुरेन्टमा काम गरेका अनुभवी युवाहरूको टिमले यसलाई सञ्चालनमा ल्याएको हो । पिजा सबैलाई मनपर्ने तर सबै बर्गका मानिसहरूलाई महँगो भएका कारण सजिलै उपलब्ध हुन नसक्ने अवस्थालाई मध्य नजर गदै सबैको खाले ग्राकको पहँुचमा पिजा पुर्‍याउने उदेश्यका साथ यो रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको पिजा वल्र्डका व्यवस्थापक केशव भुजेलले जानकारी दिनुभयो ।

व्यवस्थापक भुजेलले नेपाल परिक्रममालाई भन्नुभयो ‘हामीले गुणस्तरमा पनि उत्तिकै ध्यान दिएका छौ, बजारमा पाइने अन्य पिजा भन्दा हाम्रो पिजामा गुणस्तरमा कुनै कमी छैन, हामी आफै पनि बर्षौसम्म पिजा रेष्टुरेन्टमा नै काम गरेका हुनाले हामीलाई पिजाको गुणस्तर के हो भन्ने कुरा पनि राम्रोसँग थाहा छ’ ।

 2यो पिजा पसल नेपालको मात्र नभएर विश्वकै सस्तो पिजा रेष्टुरेन्ट हो पनि हो । यो रेष्टुरेन्टमा प्यान क्रस्ट, मिया क्रस्ट र ससेज वाइट गरी विभिन्न ३५ आइटमा पनि पिजाका भेराइटीहरू उपलब्ध छन् । व्यवस्थापक केशव भुजेलका अनुसार यो पिजा रेष्टुरेन्टले यहाँ सफलता पाएमा काठमाडौंका अन्य ठाउँ, पोखरा धरान सहित देशका विभिन्न शहरमा शाखा विस्तार गर्नेछ ।

Published On:  969पटक हेरिएको

तपाईको प्रतिक्रिया