नेवि संघ अध्यक्षका प्रत्याशी शुभराम बस्नेतको नेतृत्वमा वाइक र्‍याली

काठमाडौं–साउन २३ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनको पुर्वसध्यामा वृहत मोटरसाइकल र्‍याली सम्पन्न भएको छ । शनिबार नेपाल विद्यार्थी संघका अध्यक्षका उमेद्धार शुभराम बस्नेतको Suuuuuनेतृत्वमा मोटरसाइकल र्‍याली सम्पन्न भएको थियो । र्‍यालीमा देशभरीबाट आएका महाधिवेशन प्रतिनिधिको उलेख्य सहभागीता थियो । र्‍यालीपश्चात आयोजीत कोण सभालाई संवोधन गर्दै अध्यक्षका उमेद्धार शुभराम बस्नेतले निश्पक्ष ढंगबाट महाधिवेशन गराउन महाधिवेशन आयोजक समितिलाई आग्रह गर्नुभयो । उहाँले बदलिदो परिश्थीति विद्यार्थी आन्दोलनलाई अझ शसक्त बनाउन आफुले उमेदवारी प्रस्तुत गरेको बताउनुभयो । ने.वि.संघको महाधिवेशन भोली आइतबारबाट राजधानीमा शुरु हुदैछ । अध्यक्षमा उमेद्धारी घोषणा गरेका बस्नेत विद्यार्थीमाझ लोकप्रीय र शशक्त उमेद्धार मानिन्छन् ।

तपाईको प्रतिक्रिया