काठमाडौं–साउन २३ । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टासी मनाइदै छ । आजको दिन घरका ढोकामा नागको चित्र टासी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त रक्षा हुने मान्यता छ । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसाग ब्रह्माको संवाद भएकाले आजको दिन नागपूजाका लागि प्रसिद्ध भएको हो नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाासी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा रहि आएको छ ।