पश्चिम तराईका थारु समूदायमा सिकलसेलको प्रकोप

काठमाडौं–साउन २२ । प्लाज्मोडियम फ्याल्सिपेरम प्रजातिको मलेरियाको प्रकोप हुने क्षेत्रमा सिकलसेल ऐनिमिया दखापर्न थालेको छ । पछिल्लो समयमा नेपालको कपिलवस्तुदेखि पश्चिमका थारु समुदायमा सिकलसेल एनिमियाका पीडित बढ्न थालेको पाइएको छ ।

medical illustration of the effects of sickle cell anemia

यो रोगको प्रकोप बढ्दैजादा  खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । कसैकसैमा जण्डिस समेत देखापर्नसक्ने चिकित्सकहरु बताउँछन् । जाडो सिजनमा प्राय: बालबालिकामा निमोनियाको प्रकोप देखापर्नसक्छ । बालबालिकामा सिकलसेलको असर बढी हुने भएकाले रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गरेको देखिएको छ । पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने र आाखामा समेत असर पर्ने भएकाले पश्चिमका थारु समूदायमा यस्तो लक्षण देखिएमा चाँडो भन्दा चाँडो रोगको पहिचान गरी उपचार गर्न चिकित्सकले सुझाब दिएका छन् ।

यो रोगको प्राथमिक उपचारका रुपमा धेरै पानी पिउने झोलिलो, पोसिलो खानेकुरा खानुपर्ने हुन्छ । धेरै समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य चौकी अथवा स्वास्थ्य संस्थामा गएर थप उपचार गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया