अधिकांश जिल्लामा चिकित्सक : विभाग

काठमाडौं–साउन २२ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले आगामी तीन महिना भित्र देशका सबै जिल्लामा चिकित्सक पुऱ्याउने प्रचण्ड सरकारको घोषणा प्राथमिकताका साथ अघि बढेको जनाएको छ ।

doctorस्वास्थ्य सेवा विभागले सरकारले पढाएका चिकित्सकलाई आवश्यक्ता अनुसार विभिन्न जिल्लामा खटाउँदै आएको स्पष्ट पार्दै खटाइएका स्थानमा चिकित्सक पुगे नपुगेको बारे प्रभावकारी अनुगमन थाल्ने जानकारी दिएको हो । विभागले केही जिल्ला बाहेक धेरैजसो जिल्लामा चिकित्सक पुगिसकेको जनाएको छ । अहिले ७५ जिल्लामै चिकित्सक पुगिसकेको दाबी विभागले गरेको छ । दुर्गममा काम गर्दा सुविधा पाइने भएपछि अहिले कालीकोट, हुम्ला लगायतका जिल्लामा जाने चिकित्सकहरुमा होडबाजी चल्ने गरेको र सबै स्वास्थ्य केन्द्रमा चिकित्सक पुऱ्याउने गरि कम भएको विभागको दाबी छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकले तीन महिनाभित्र सबै जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक पठाइसक्ने निर्णय गरेपनि यसलाई आलोचकहरुले पुरानै कामको निरन्तरता भनेका छन् ।

तपाईको प्रतिक्रिया